
काठमाडौँ । प्रधानमन्त्री केपी ओली भैंसेपाटी छलफलबाट फर्किएका छन् । पार्टीभित्र विवाद चुलिएका बेला मंगलबार साँझ प्रधानमन्त्री आफै नेता बामदेवको निवास भैंसेपाटी पुगेका थिए ।
महासचिव लगायतका नेताहरु लिएर स परिवार भैंसेपार्टी पुगेका ओलीले बामदेवसंग पार्टीको विवादबारे छलफल गरेका छन् ।
ओली र बामदेवबीच भएको छलफलको निष्कर्ष भने खुल्न सकेको छैन् । ओलीसँगै महासचिव विष्णु पौडेलले पनि गएका थिए ।
प्रधानमन्त्रीलाई दुबै पदबाट हटाउन स्थायी समिति, सचिवालय र बालुवाटारका बैठकमा जोड दिदैं आएका नेता वामदेवले मंगलबार दिउँसो एक्कासी ओलीतर्फ लचक हुँदै ६ बुँदे प्रस्ताव जारी गरेका थिए ।
पार्टीको विवाद समाधानका लागि भन्दै उनले ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउने, अर्का अध्यक्ष प्रचण्डलाई एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा दिनेसहितको ६ बुँदे प्रस्ताव ल्याएका थिए ।
यस्तो खालको प्रस्तावले वामदेव फेरी ओली गुटमा ढल्किएका हुन की भन्ने आशंका उब्जाएको छ ।










