लगातारको वर्षाले नदीको बाढी बस्तीमा पस्दा कैलालीमा एक सय परिवार प्रभावित


कैलाली । सोमबार रातिदेखी परेको अविरल वर्षाले कैलाली र कञ्चनपुरका बस्तीहरु प्रभावित भएका छन् । लगातारको वर्षाले नदीको पानी बस्तीमा पस्दा कैलालीमा मात्रै एक सयबढी परिवार प्रभावित भएका छन् ।

कैलालीको कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि जिल्लाको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन् ।
बर्षा संगै आएको बाढी गाउँमा पसेपछि भजनी नगरपालिकाका ७६ घर डुबानमा परेका छन् भने जोशीपुरका ३० घर बढी डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएराति आएको बाढी वस्तीमा पसेपछि डुबानमा परेका घर परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारीरहेको छ । कैलालीमा गएरातिदेखि नै ठूलो पानी परिरहेकाले नदीहरुको बहाव बढेको स्थानीयले बताएका छन्

उता कञ्चनपुरमा पनि महाकाली किनारमा बसेकाहरुलाई भारतले बाध खोलिदिने चिन्ता बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार