गुल्मीको ईस्माका विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने : पूर्व मन्त्री विष्टको घोषणा


गुल्मी । पूर्व मन्त्री एंव गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले इस्माका पहिराे विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने घोषणा गरेका छन् । पहिरोले विस्थापित भएका परिवार अहिले पालमै रातदिन काटिरहेकाले अब उनीको लागि नमुना बस्ती बनाइदिने उनले घोषणा गरेका हुन् ।

गएको असार १८ गते राति ईस्मा गाउँपालिका १ को तरिखर्क, मल्दी ढाँडाफाँट जुकेपानी, वडा नम्वर ४ को ढाँडा न्वाँला लगायतका स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका थिए ।

पहिरोबाट दर्जनौं घर जोखिममा परेका र कयौं परिवार विस्थापित भएका छन् । पहिरोबाट विस्थापित भएका परिवारहरु अहिले विद्यालय र अस्थायी टहरामा बसीरहेका छन् । उनीहरुको यो पीडाले आफू निकै दु : खी भएको सांसद विष्टले बताएका छन् ।

सोही गाउँपालिका ४ दोहली बाँझगाउँका विष्टले विस्थापितहरुले चाहेमा तम्घास सिमलटारी सडक छेउमा बजारीकरण गरेर बस्ती विस्तार गर्न सकिने बताएका छन् । उनले स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट रकम विनियोजन गरि उनीहरुका लागि नमुना बस्ती बनाउने बताए ।

ईस्मा गाउँपालिकामा हालसम्म १ सय ९५ घरधुरी विस्थापित भएको र त्यति नै घरधुरी उच्च जोखिमा रहेका छन् । त्यस्तै पहिरोले
६० वटा खानेपानी योजना, ३० वटा कुलो र कयौं रोपनी खेतबारी बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार