क्वारेन्टिनबाट घर गएका बझाङका ६६ जनामा कोरोना संक्रमण पुष्टि


बझाङ । क्वारेन्टिनबाट घर गएका बझाङका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेर घर गएका जिल्लाको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६६ जनाको रिर्पोट पोजिटिभ आएको छ । स्वाबको रिर्पोट नआउदै क्वारेन्टिनमा १४ दिन बसेर साउन ९ गते सबै जना घर गइसकेका थिए ।

उनीहरु घरगएपछि शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनाको रिर्पोट पोजिटिभ आएको छ ।

रिर्पोट पोजिटिभ आएका सबै जना केदारस्यूँ गाउँपालिकाको ६ र ७ वडाका स्थानीय हुन् । उनीहरुको रिर्पोट पोजिटिभ आएपछि दुबै वडालाई सिल गरिएको छ । त्यस्तै शनिबार बसेको गाउँपालिकाको बैठकले संक्रमितलाई चन्द्रोदय माध्यमिक विद्यालय र कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

संक्रमितको संख्या धेरै भएकाले उनीहरुको सम्पर्कमा आएका र परिवारका सदस्यको पनि पीसीआर गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार