सवारी दुर्घटनामा गम्भिर घाइते सांसद थापालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै


कैलाली । सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकाकुमारी थापालाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।

मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी सांसद थापालाई कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइन लागेको हो ।

गेटा विमानस्थलबाट केहिबेरअघि उनलाई बोकेको हेलिकोप्टर काठमाडौंका लागि उडेको बताइएको छ । माया मेट्रो अस्पतालको इर्मजेन्सीवार्डले दिएको जानकारी अनुसार चोटका कारण सांसद थापाको टाउकोमा रगत जमेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

धनगढीबाट जुगेडातर्फ जाँदै गर्दा बुद्ध चोकमा शनिबार पछाडीबाट आएको मोटरसाइकलले थापालाई ठक्कर दिदा लडेर गम्भिर घाइते भएकी थिइन ।

दुर्घटना लगत्तै उपचारका लागि उनलाई माया मेट्रो अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ । अछाम घर भएकी सांसद थापा कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार