
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । सवारी साधन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश सकारले टाटा पिकअप भ्यान ४ र २८ थान, मोटरसाईकल(पल्सर) १८, TVS अपाचे ५ र बुलेट ५ थान प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
मन्त्री गुरुङले चाबि हस्तान्तरण गरेपछि सवारी साधनहरुको अवलोकन समेत गरेका थिए ।
प्रहरीको सेवालाई चुष्तदुरुष्त एवं प्रभावकारी बनाउनका साथै उनीहरुलाई काम गर्न सहज होस् भन्ने उदेश्यले प्रदेश सरकारले सवारी साधन दिएको बताइएको छ ।











