मलेसियामा नेपाली सेक्युरिटीलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको दूतावासद्धारा जानकारी


काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको मलेसियास्थित नेपाली  दूतावासले जानकारी दिएको छ । दुतावासले सोमबार एक विज्ञप्ति निकाले जानकारी दिएको हो ।

मेलेसियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत नवलपरासीका इस्लाम हुसेनलाई डिउटीमै रहेका बेला कपिलवस्तुका राम गोपाल मुराउले कुटपिट गरेका थिए ।

केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् ।

यो घटनाको विषयमा दूतावसले अध्ययन गरेर सबै जानकारी दिएको छ । यो घटना गत जुलाई ७ तारिख बिहान १० बजेको भएको पनि दूतावसले जनाएको छ । अहिले उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।

पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ । मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासल जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार