
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै उकालो लाग्दै छ । बजारमा सुनको कारोबारो कम भएपनि अन्तराष्ट्रिय बजारमा डलरको मूल्य बढेका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।
साताको पहिलो दिन आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि स्थिर रहेको थियो । तर मंगलबार भने ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य तोलमा एक लाख पुग्नै लागेको छ । मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको सुनचादीँ महासंघले जनाएको छ ।










