
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४८, ललितपुरमा १ र भक्तपुरमा १३ गरी ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा दिनप्रदिन संक्रमितको संख्या बढ्न थालेपछि सचेतना अपनाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
















