
वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना पुष्टि भएको छ । अध्यक्ष पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका हुन ।
हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको विज्ञपतीमा उल्लेख गरेका छन् ।
“३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो”, उनले विज्ञप्तिमा भनेका छन्।
यसबीचमा आफ्नो सम्पर्कमा आउकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव समेत दिएका छन् ।










