जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा बुधबार जनकपुरमा राम र सीताको विवाह भव्यरुपले सम्पन्न भएको छ । भारतको अयोध्याबाट रामको जन्ती जनकपुर आई जानकी मन्दिरमा सीतासंग स्वयम्वर भएपछि विवाह सम्पन्न भएको हो ।
विवाह महोत्सवमा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न भएको हो । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइएको थियो । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि लगेर विवाह सम्पन्न गरिएको छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आजकै दिन सीता र रामको विवाह सम्पन्न भएको सम्झनामा हरेक वर्ष विवाह महोत्सवको आयोजना हुँदै आएको छ ।
विवाहमा भारतबाट जन्तीको अगुवाई गर्दै प्रमुख अतिथिका रुपमा आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफुले विवाहको अवसरमा जनकपुर आउन पाएकोमा खुसि व्यक्त गरेका छन । उनिसंगै विवाहमा सहभागी हुन भारतबाट सयौं सन्त, भक्तजनहरु जनकपुर आएका थिए भने विवाह समारोहमा मिथिला क्षेत्रका सयौं स्थानियवासी सहभागी थिए ।
विवाह उत्सवमा प्रमुख अतिथिका रुपमा जनकपुर आएका आदित्यनाथले विवाह पश्चात् उच्चस्तरीय भेटवार्ता समेत गरेका छन । उनले प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, संघीय सरकारका पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत, प्रदेशसभाका सभामुख सरोज यादव लगाएतका नेतासँग भेटवार्ता गरेका थिए ।
विवाह, पूजाआज र उच्चस्तरिय भेटवार्तपछि मुख्यमन्त्री आदित्यनाथ आजै स्वदेश फर्केका छन ।