
पोखरा । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि साउन १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
डायबिटिजका समेत पीडित रहेका उनको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।











