लापरवाहीले ज्यान गएको भन्दै कृष्णपुर नगरपालिकामा तोड’फोड, प्रहरीद्धारा लाडी’चार्ज


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका क्वारेन्टिनमा क’रेन्ट लागेर महिलाको ज्यान गएको बिषयलाई लिएर आ’न्दोलित स्थानीयमाथि प्रहरीले लाठी’चार्ज गरेको छ ।

आन्दोलनकारीहरुले नगरपालिकाको लापरवाहीले ज्यान गएको भन्दै नगरपालिकाको कार्यालयमा प्रर्द’शन गर्दै ढुङ्गा प्र’हार गर्दै तोड’फोड गरेपछि प्रहरीले लाठी’चार्ज गरेको हो ।

लाठी चार्जबाट लक्ष्मण ओड लगायत तीनजना घाइ’ते भएका छन् । घाइ’ते हरुको हात र छातीमा चोट लागेको बताइएको छ ।
अकालमा ज्यान गएको बिषयमा बुधबार बिहान आ’न्दोलनकारीहरु नगरपालिकामा गई जनप्रतिनिधिसंग कुरा गर्न खोज्दा वेवास्ता गरेपछि स्थानिय आ’क्रोषित हुँदै सामान्य तोड’फोड भएको मृत’कका आफन्त करन रैकालले अनमोलपोस्टलाई जानकारी दिए ।

उनकाअनुसार अहिले आ’न्दोलनकारी, पीडित परिवार र नगरपालिकाबीच छलफल भइरहेको छ । आगामी दिनमा नगरपालिकाबाट यस्तो गम्भिर लापरवाही नहोस, मृ’तकका परिवारलाई उचित क्षतीपुर्ती दिइयोस भन्ने आ’न्दोलनकारीहरुका माग रहेको रैकालले बताए ।

क’रेन्ट लागेर घा’इते महिलाको उपचारका लागि नगरपालिकाले गाडीको ब्यवस्था नगरेकाले अकालमा ज्यान गरेको उनले बताए ।

“क’रेन्ट लागेर घा’इते भएपछि अस्पताल लैजानका लागि हामीले गाडीको ब्यवस्था गर्न नगरपालिकामा खबर गर्यौं, तर उहाँहरुले गाडी छैन् भने”, मृ’तकका आफन्त रैकालले दुखेसो गरे ।

क’रेन्ट लागेर घाइते भएको डेढ घण्टासम्म पनि नगरपालिकाले गाडीको ब्यवस्था नगरेको पी’डित परिवारको गुनासो छ ।
डेढ घण्टासम्म पनि नगरपालिकाले गाडीको ब्यवस्था नगरेपछि मृ’तकका जेठाजुले बोकेर सडकसम्म ल्याएको रैकालले बताए ।

नगरपालिकाको लापरबाहीले महिलाको मृ’त्यु भएको भन्दै स्थानीयले वडा नं. ६ को वडा कार्यालय ता’लाबन्दी समेत गरेका छन् ।

कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वा’रेन्टिनमा बसेकी २३ वर्षीय राधा ओडको मंगलबार साँझ क’रेन्ट लागेको मृ’त्यु भएको थियो । राधाकी ९ महिने छोरी र श्रीमान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार