
काठमाडौं । प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।
प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरुबीच पार्टी भित्र भइरहेका समस्या समाधानका विषयमा छलफल हुने बताइएको छ ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेदेखि बढेको विवाद नेकपा भित्र कायमै छ । यो विवाद मिलाउनका लागि नेताहरु पटक पटक बैठकमा बसेपनि अझै विवाद समाधान हुन सकेको छैन् ।










