कोरोना संक्रमित पूर्वराष्ट्रिपति मुखर्जी कोमामा


भारत । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई  कोमामा राखिएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था जटिल बनेपछि कोमामा राखिएको हो ।

मंगलबार उनलाई कोमामा राखिएको सेनाको रिसर्च एन्ड रिफरल अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले खबर छापेको छ । अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार नयाँ दिल्लीस्थित आरएन्डआर अस्पतालमा भर्ना गरिएको थियो। उनको दिमागमा क्लोट देखेपछि अपरेशन गरेको थियो।

बिहीबार बिहानदेखि नै पूर्वराष्ट्रपति मुखर्जी बितेको समाचार बाहिर आएपछि उनका छोरा अभिजित मुखर्जीले ट्वीटसमेत गरेका छन्।
उनका छोराले यस्ता भ्रामक समाचारहरू नफैलाउन आग्रह समेत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार