
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका ४ जनामा कोरोना पाइएको छ ।
अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको जनाइएको छ ।













