कोरोना संक्रमितको उपचार गर्न मेडिकल कलेजहरुलाई सरकारको निर्देशन


काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेकाले सरकारले मेडिकल कलेजहरुलाई  कोरोनाका बिरामीको उपचारमा सहयोग गर्न निर्देशन दिएको छ । संक्रमितको लागि अस्पतालमा वेड अभाव भएको भन्दै मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर उपचार गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा दैनिक १ सय भन्दा बढी बिरामी देखिन थालेपछि अहिले कोरोनाको उपचार गर्न अनुमति दिएका अस्पतालमा वेडको अभाव हुन थालेको छ । त्यसैले अरु मेडिकल कलेजहरूलाई पनि संक्रमितको उपचारमा लाग्न सरकारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार