स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि भरतपुर क्यान्सर अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द


चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोरोना संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिएका छन्।

सूचनामा अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र संक्रमितको सम्पर्कमा आएकाको कोरोना परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार