मिस युनिभर्सको ताज फिलिपिन्सकी ग्रेलाई, नेपालकी मनिता टप १० मा

काठमाडौं । मिस युनिभर्स २०१८ को ताज यसबर्ष फिलिपिन्सकी सुन्दरीले जितेकी छन । थाइल्याण्डकको बैंककमा सोमबार बिहान सम्पन्न फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओना ग्रेले सबै प्रतिस्पर्धीलाई उछिन्दै मिस युनिभर्सको ताज पहिरेकी हुन् ।

मिस युनिभर्सको ताज जित्ने ग्रे फिलिपिन्सको चौथो सुन्दरीका रुपमा यस बर्षको ताज जितेकी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा समेत फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।

फस्ट रनरअप भने दक्षिण अफ्रिकाकाकी सुन्दरी तमर्यान ग्रीन र सेकेन्ड रनरअप भेनेजुयलाकी सुन्दरी स्थेफनी गुत्रीज भइन ।

नेपाली मनिाता देवकोटा टप १० मा पर्न सफल
प्रतियोगितामा नेपालबाट प्रस्तिपर्धीका रुपमा रहेकी मनिता देवकोटा भने टप १० मा पर्न सफल भएकी छन ।

प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।

प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य राख्ने प्रतिस्पर्दाका आधारमा देवकोटा टप १० परे ।
यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा भने टप १२ मै सिमीत भएकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार