महान हस्तीहरु एउटै ग्लोबल स्टेजमा, संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटा र पपसम्राट ओमविक्रम विष्ट लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाली संगीत र फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्याएका चर्चित हस्तीहरुलाई एउटै ग्लोबल स्टेज अमेरिकामा सम्मान गरिएको छ । अमेरिकी इतिहासमै पहिलो पटक नेपाली म्युजिक एण्ड फिल्म अवार्डको आयोजना गर्दै एउटै ग्लोबल स्टेजमा नेपाली चर्चित कलाकार, संगीत क्षेत्रका महान हस्तीहरु संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटा र पपसम्राट ओम विक्रम विष्टलाई एक हजार डलर सहित महानायक राजेश हमालमार्फत लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा विशेष सम्मान गरिएको हो ।

उनिहरु दुबैजनाले आफ्नो जिवनको करिव दुई तिहाइ समय नेपाली संगीत र फिल्म क्षेत्रमा समर्पित गरेकाले लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिएको आयोजक लकेश श्रेष्ठले बताए । नेपाली गीत–संगीत, कला–संस्कृति र नेपाली फिल्मलाई अन्तराष्ट्रीय रुपमा प्रवर्धन गर्दै विश्वबजारिकरण गर्ने उद्देश्यले आयोजना गरेको ऐतिहासिक फस्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको आयोजना गरिएको श्रेष्ठको भनाई छ । नेपाली चर्चित कलाकार महान हस्तीहरुको विशेष उपस्थितिमा अमेरिकाको न्यूयोर्कमा पहिलो पटक म्युजिक एण्ड फिल्म अवार्ड कार्यक्रम एउटै ग्लोबल स्टेजमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली चर्चित कलाकारहरुको उत्साहजनक सहभागीतामा बेजोड सांगितिक प्रस्तुति तथा नृत्य सहित सभ्य र भव्य रुपमा सम्पन्न भएको यस अवार्ड समारोह आफैमा ऐतिहासिक बनेको छ। नेपाली ख्यातिप्राप्त चर्चित कलाकारहरु र संगीत र फिल्म क्षेत्रका महान हस्तीहरुलाई ऐतिहासिक ग्लोबल स्टेजमा विशेष सम्मान गर्ने अवसर प्राप्त भएकोमा गौरभाम्वित भएको आयोजकको भनाई छ । यस कार्यक्रमले नेपालको संगीत, कला र फिल्म क्षेत्रलाई विश्वसामु अझै चिनाउन टेवा पुर्याएको छ ।

कार्यक्रममा विश्वका विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै सहभागी हुनु भएका सबै सहभागीहरु एक इतिहासको साक्षि समेत बनेका छन् ।
कार्यक्रम एतिहासिक रुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा आयोजक परिवारले बधाई सहित आभार व्यक्त गरेको छ ।

‘ऐतिहासिक फस्ट टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ लाई सभ्य भव्यरुपमा सम्पन्न गराउन आर्थिक, भौतिक र सामाजिक रुपमा साथ सहयोग गर्नु हुने अवार्डका शिर्षक प्रायोजक (टाइटल स्पोन्सर – टपशप काठमाडौं / सुभाष श्रेष्ठ, सह – प्रायोजक – समिप इन्टरटेन्मेन्ट, प्रायोजक – एक्स्पी रियालिटी (सृजना पौडेल) प्रायोजक द थ्रीडी क्रिस्टल, विशेष सहयोगी – ८८४८ मिडिया हाउस एलएलसी, अफिसियल फोटोग्राफरहरु राजिभ श्रेष्ठ, सम्राट कार्कि, पल मोक्तान, बिर ब. लामिछाने लगायत सम्पुर्ण प्रायोजक सहयोगी दाताहरु, सहयोगी मन / हातहरु, इभेन्ट पार्टनरहरु – इसेन्स स्माइल, सुबि इन्टरटेन्मेन्ट, मामा भान्जा ग्रुप, यात्री इन्टरटेन्मेन्ट, सुनौलो इभेन्ट्स, इभेन्ट्स कोर्डिनेटरहरु – जेम्स प्रधान, सुर्य सिंखडा तथा पासाङ डोल्मा शेर्पा लगायत विभिन्न मिडियाकर्मिहरु प्रत्यक्ष प्रसारण गरेर शुरु देखि अन्त्य सम्म सहयोग गर्नुहुने BI – Streams AMN – USA मिडिया कर्मि प्रविन भट्टराइ, एड्रीन पोख्रेल, अर्जुन प्रधान / लगायत विभिन्न मिडिया हाउसहरु, विभिन्न संघसंस्था / क्षेत्रबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका प्रतिनिधि तथा सहभागीहरु साथै कार्यक्रमको पुर्वसन्ध्या देखि अन्त्य सम्म भौतिक रुपमा अहोरात्र खटेर मनै देखि साथ सहयोग गर्नुहुने हमेशाको लागि मनमा बस्नु भएका सम्पुर्ण सहयोगी मनहरु / हातहरुमा विशेष हार्दिक आभार ब्यक्त गर्दछौं’, आयोजक परिवारले भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार