
काठमाडौं । मंगलबार बिहानै ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चितवनमा ५० र गण्डकी २५ गरी ७५ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
भरतपुर अस्पताल प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा सशस्त्र प्रहरीका ४२ जना, ३ जना नर्ससहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
त्यस्तै सोमबार गण्डकी प्रदेशमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १५ जना पोखराका रहेको बताइएको छ ।
सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।










