पोखरामा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु


पोखरा । पछिल्लो २४ घण्टामा पोखारामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ८७ वर्षीय वृद्ध र तनहुँकी ५० वर्षीया महिला रहेकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि  साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएका ८७ वर्षीय बुद्धको आइसीयूमै मुत्यु भएको हाे ।

त्यस्तै तनहुँकी ५० वर्षीया महिलाको भने मृत्यु पछि कोरोना देखिएको हो । घरमै विरामी भएकी उनलाई उपचारका लागि छोरीले अस्पताल लगेकी थिइन् । उनलाई अस्पताल लग्ने छोरीलाई पनि कोरोना देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार