अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो १७ जना अझै वेपत्ता, हेलिकोप्टर परिचालन


अछाम । अछाममा गएराति बाढीले बस्ती बगाउँदा वेपत्ता भएकाहरु मध्ये ६ जनाको शव भेटिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ मा थप २ जनाको शव फेला परेसँगै मृतकको संख्या ६ पुगेको छ ।

बाढीमा बगेर अझै १७ जना बेपत्ता भएका छन् ।

कैलाश खोलामा आएको बाढीले सैनबजार क्षेत्रका १६ घर बगाएको छ । अहिलेसम्म त्यहाँ कति क्षती भयो भन्ने बारे एकिन विवरण आउन बाकीं रहेको छ ।

बाढीले बेपत्ता भएकाहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचान गरिएको छ । सुर्खेतबाट आवश्यक जनशक्ति र सामाग्री लिन लिएर हेलिकोप्टर प्रवित क्षेत्रमा पुगेको छ ।

अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार