अछामका सांसद बोगटीलाई कोरोना पृष्टि


काठमाडौं । अछाम २ बाट निर्वाचित संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई दुई पटक गरीएको परीक्षणमा साउन २ गते कोरोना पुष्टि भएको हो ।

उनले आफुबसेको टोलमा एक जनालाई कोरोना देखिएपछि आफूपनि परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गएकाे बताएका छन् । उनको साउन २ गते आएको कारोना रिर्पोट पोजिटिभ थियाे ।

बोगटी अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार