काठमाडौं । कम्युनिष्टको दुईतिहाइ सरकारले भनेजस्तो काम गर्न नसकिरहेको स्वयम सत्तापक्ष नेताहरुले बताइरहेका बेला नेकपाका एक नेताले मन्त्रिमण्डल नै पुर्नगठन गर्नु पर्ने माग गरेका छन ।
नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकारका कतिपय मन्त्रीहरुको काम प्रभावकारी नदेखिएकाले मन्त्रिमण्डल नै पुनर्गठनको माग गरेका हुन ।
आइतबार देखि जारी पार्टीको राजनीतिक प्रतिवेदनमाथि जारी छलफलमा बुधबार आफ्नो धारण राख्दै नेता पन्तले भने, ‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गनुपर्छ, सरकारले अपेक्षाकृत काम गर्न सकिरहेको छैन ।’
प्रधानमन्त्री केपी ओलीको भुमिकाप्रती पनि अन्तुष्टी देखाएका नेता पन्तले मन्त्रीहरुलाई सक्रिय बनाउने काममा प्रधानमन्त्री अझ बढि सकृय हुनुपर्ने बताए । पछिल्लो समय पार्टीमा ‘एक ब्यक्ती एक पद’ राख्नुपर्ने भन्दै चलेको खुला वहशमा असन्तुष्टी राख्दै उनले प्रधानमन्त्रीलाई पार्टी अध्यक्षबाट हटाउने प्रस्तावको भने खुलेरै विरोध गरे ।