यस्तो रहेछ दुर्घटनाको कारण

काठमाडौं । ताप्लेजुङमा भएको दुःखत हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि बुधबार दिउँसो गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा खराब मौसमका कारण दुर्घट भएको हुनसक्ने गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङको फुङ्लिङ नरपालीका १० फुरुङ्गे सिस्नेखोला नजिकै तारेढुंगा भिरमा दुर्घटना भएको हो ।  माथिभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै हेलेकप्टर दुर्घटना भएको थाहा हुन आएको त्रिभुवन अन्तराष्ट्यि विमानस्थलका प्रवक्ता प्रताव वाबु तिवारीले जानकारी दिए ।

सो क्षेत्रमा भारी हिमपात भइरहेका कारण उडानमा समस्या हुनसक्ने पाइलट प्रभाकर केसीले कन्टेलमा जानकारी दिएका थिए । नभन्दै उडेको एक मिनेटमै हेलिकप्टर दुर्घटना हुन पुग्यो ।

दुर्घटनाग्रस्त क्षेत्रबाट शब संकलन गरिसकिएको र काठमाडौं ल्याउनका लागि प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । खराब मौसमका कारण शव ल्याउन काठमाडौंबाट गएका हेलिकप्टर सो क्षेत्रमा अवतरण हुन सकेका छैनन् ।

दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सवार ७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार