
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर र सब– इन्जिनियरहरुलाई पक्राउ गरेको छ ।
आफ्नो जागिर सुनिश्चिताको माग गर्दै माइतीघरमा शान्तिपुर्ण प्रर्दशन गरिरहेका उनिहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
सरकारले असारपछि आफुहरुलाई कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘आन्दोलत हुँदै माइतीघरमा भेला भएका थिए । उनिहरुले आफुको ब्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर मात्रै राख्ने र बाँकीलाई विदाई गर्ने निर्णय भएपछि उनिहरु आन्दोलित भएका हुन् ।









