काठमाडौंमा १ हप्ताभित्रै करीब ५ हजार क्षमताको आइसोलेसन निर्माण हुँदै


काठमाडौं । काठमाडौंमा १ हप्ता भित्रै करीब ५ हजार क्षमताको एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण हुँदैछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने लागिएको बताएका छन् ।

संघ, प्रदेश र उपत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारीमा लागेको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

प्रमुख शाक्यद्धारा हस्ताक्षरीत विज्ञप्तिमा स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गरिएको छ ।

निषेधआज्ञा अवधीमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले आ -आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको प्रती ध्यान दिदै परीक्षणको दायरा र दरलाई मात्र विस्तार गर्ने नभई संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको पहिचान, क्वारेन्टायन र आइसोलेसन निर्माण, उपचार पद्धतिसँगै गुणस्तर विस्तारमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ ।

आजको स्वास्थ्य मन्त्रालयको अपडेटअनुसार काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सय ५८ र काठमाडौँ महानगरमा मात्रै करिब १ हजार ६८ बढी संक्रमित फेला परेका छन् ।नेपालमा अहिलेसम्म संक्रमितको संख्या २८ हजार ९ सय ३८ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ।

काठमाडौं महानगरपालिकाद्धारा जारी विज्ञप्ति पढ्नुहोस:

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार