काठमाडौं । देशैभरि बलात्कारका जघन्य अपराध घटिरहंदा पोखरामा एकजना बलात्कारीलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत कास्कीले बलात्कारपछि हत्या गरिएकी पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारालाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायधीश योगेन्द्रप्रसाद शाहको एकल इजलासले बुधबार उक्त घटनाका दोसी स्याङ्जा घर भई पोखरा–२२ कोदीमा बस्दै आएका २७ वर्षीय कुसुम पौडेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
घटनाका दोसी पौडेललाई अदालतको फैसला अनुसार कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी ओम रानाले जानकारी दिए ।
घटना कहिले भएको थियो ?
देशैभरि बलात्कार घटना बढिरहेका बेला गत असोज ८ गते यो घटना भएको थियो ।
घरबाट पसल जाँदै गरेकी श्रेयालाई उनकै छिमेकी कुसुम पौडेलले ललाइ फकाई बलात्कार गरेका थिए ।
चकलेट किन्न पैसा दिएर श्रेयालाई बलात्कारगरि हत्या गरेका उनि घटना भएको दुईदिनपछि पक्राउ परेका थिए ।