काठमाडाै । बरिष्ठ कलाकार बीएस राणाको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार राणाको उपचारका क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । राणाको केही समयदेखि बिरामी थिए ।
उनको मुटुमा समस्या देखिएको थियो । उनले नेपाली चलचित्र क्षेत्रमा अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।
उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने छ ।