
काठमाडौं । उपत्यकामा जारी गरिएको निषेधाज्ञामा घर बाहिर ननिस्कन सर्वसाधरणलाई उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन् । स्थानिय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्ण पालन गर्न उनले सबै उपत्यका बासीलाई अनुरोध गरेका छन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा समस्या हुनेभन्दै निषेधाज्ञा जारी गरिएको पनि उनले बताएका छन् । त्यसैले कोही पनि विषेश काम बाहेक एक साता घर बाहिर ननिस्कन अनुरोध गरेका छन् ।
यसका साथै उनले आफ्ना घरवरिपरी कोही व्यक्ति जिल्ला बाहिरबाट आएको वा कसैलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने वडा कार्यालयमा खबर गर्न पनि आग्रह गरेका छन् ।
उनले अत्यावस्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन समेत आग्रह गरे ।
कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरु पनि घर भित्रै सुरक्षित रुपमा बस्न भनेका छन् ।










