
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
पार्टीको आज बसेको बैठकले सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । एक केन्द्रिय नेताले बताएअनुसार लामिछानेले कुन मन्त्रालय पाउने भन्ने एकिन भएको छैन् । त्यसबारे सात दलिय सत्ता गठबन्धनमा छलफल भएपछि मात्रै टुंगो लाग्नेछ ।
रास्वपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।








