
फ्रान्स । कोरोना संक्रमणबाट सुरुका दिनमा निकै नै प्रभावित भएका देशरुमा केही समय रोकिएपनि फेरि संक्रमित बढ्न थालेका छन् । लाखौको संख्यामा संक्रमित रहेका देशहरुले संक्रमितको संख्या घटेसँगै लकडाउन खुलाएर पुरानै शैलीमा काम गर्न थालेपछि फेरि संक्रमित बढ्न थालेका छन् ।
कोरोना संक्रमित र मृत्युले निकै आक्रान्त बनेको फ्रान्समा बिहिबार कोरोनाका ४ हजार ७ सय ७१ नयाँ संक्रमित फेला परेका छन् । यो सख्यां अघिल्लो दिनेको तुलनामा एक हजारले बढि हो । एकैदिन देशमा चार हजारभन्दा बढी संक्रमित भेटिएको मे महिनापछि यो पहिलो हो ।
बीबीसीका अनुसार फ्रान्सबाहेक स्पेन, जर्मनी र इटलीमा पनि कोरोना संक्रमितको संख्यामा तीब्रता देखिएको छ ।
स्पेनमा अब धेरैजसो संक्रमण युवामा देखिएको छ जबकी जर्मनीमा भने अन्य देशको यात्राबाट फर्किएका मानिसहरुमा देखिएको छ । स्पेनमा बिहिबार ३ हजार ३ सय ४९ नयाँ संक्रमित भेटिएका छन् ।
बेलायतमा पनि बिहिबार ११ सय ८२ नयाँ संक्रमित देखिएका छन् । त्यस्तै कोरोनाले सबै भन्दा बढी प्रभावित युरोपेली देश इटलीमा पनि बिहिबार ८ सय ५४ नयाँ संक्रमित थपिएका छन् । मे महिनापछि पहिलो पटक इटलीमा यति धेरै संक्रमित फेला परेका हुन् ।
ती देशहरुका जनस्वास्थ्य विज्ञले लकडाउन खुकुलो गर्नुका साथै मानिहरुले कोरोना संक्रमण छैन भनेर बेवास्था गरेका कारण फेरि संक्रमण दर बढेको बताएका छन् ।












