
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली अछाम प्रस्थान गरेको छ । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर टोली नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछाम प्रस्थान गरेको हो ।
टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत रहेका छन् ।
टोलीले पाल, भाडाकुडा, खाद्यन्न लगाएतका राहत सामाग्री लगेका छन् ।
गएको बुधबार राति आएको बाढीले अछामको रामारोशन गाउँपालिका ५ कैलाश खोला नजिकै रहेको स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।












