काठमाडौं । कोरोना रोकथामका लागि कोठमाडौैं उपत्यकामा निषेधाज्ञा जारी गरिएपछि पहिलो दिन बन्द रहेका बैंकका शाखाहरु दोस्रो दिन खुलेका छन् । पहिलोदिन प्रहरीले बैंकका कर्मचारीलाई बाटोमै रोकपछि दोस्रो दिन भने खुलेका छन् ।
गृह मन्त्रालयले नै बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका छन् ।
बैंकहरुले धेरै नखोलेपनि केही शाखाहरु भने खोेलेको छ । सिमित शाखाहरुले नागरिकलाई सेवा दिइरहेका छन् ।