प्रचण्डले भने, ‘समृद्धिको लहर ल्याउन छिट्टै अभियान शुरु गरिने’

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको लहर ल्याउन छिट्टै अभियान नै शुरु गरिने बताएका छन । चितवन पुगेका अध्यक्ष प्रचण्डले पार्टीको जारि स्थायी समितिको बैठकमा समृद्धिबारे गम्भिर छलफल भइरहेको र त्यसका लागि दुईमहीने अभियान शुरु गर्ने जनाएका हुन ।

सरकारको समृद्धिको नाराबारे अहिले पार्टीमा गम्भिररुपले छलफल भइरहेको छ प्रचण्डले भने, “पार्टीको स्थायी कमिटी बैठक बसिनै राराखेको छ, बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि गर्ने भन्ने कुरो छ ।अभियानमा सबै नेपालीलाई साथ लिएर जाने र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने बिषयमा पार्टीमा गम्भिररुपले छलफल हुदैछ ।”

अध्यक्ष प्रचण्ड चितवनमा शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सव र श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्न त्यहाँ गएका हुन ।

नेकपाको जारि बैठकमा नेताबीच भएको मतभेद र पार्टी भित्रबाटै सरकारको आलोचनाको बचाउ गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारको बिषयमा बाहिर आए जस्तो कुनै कुरा नभएको र पार्टीको बैठक महत्वपूर्ण ऐजेण्डाका बिषयमा सौहार्दपूर्ण छलफल भइरहेको जानकारी समेत दिए ।

अध्यक्ष प्रचण्डले सामुदायिक विद्यालयको खस्किदो गुणस्तरमा चिन्तित हुंदै स्तरवृद्धिका लागि काम गरिरहेको बताए । साथै अबको सहजै शिक्षा रोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा समेत उनले जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार