देउवालाई हराउने भनेकै मै हुँ : कांग्रेस महामन्त्री कोइराला


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा शेरबाहादुर देउवालाई आफूबाहेक अरु कसैले हराउन नसक्ने दाबी गरेका छन् । उनले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवालाई हराउने ग्यारेण्टी आफुसँग मात्रै भएको दाबी गरे ।

सभापतिका दाबेदार रहेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने बताए । उनले पार्टीका अरु नेताहरु सभापतिको दावेदार भएपनि उनीहरुले देउवालाई हराउन नसक्न ठोकुवा गरेका छन् ।

अहिले नेपाली कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह सभापतिको दाबेदार रहेको भन्दै एक जना मात्रै उम्मेदवार बन्नुपर्ने बताएका छन् ।

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन,’ उनले भने ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा सभापतिको चर्चा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार