
काठमाठौं । सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ ।
यसअघि हिजो हुने भनिएको भेटवार्ता विभिद कारणले स्थगित भएको थियो । नेकपा भित्रको विवाद समाधानका लागि साउन ३० गते कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले अध्यक्षद्धयलाई शनिबार आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।











