
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्न थालेपछि स्रोत पत्ता लगाउन समस्या भएको छ । टोल टोलमै सं क्रमित देखिन थालेपछि सं क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न समस्या भएको हो ।
उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक ट्रे सिङ र टे स्टिङको दायरा अब फराकिलो बनाउने निर्णय गरेको छ।
त्यस्तै फोरमले उपत्यकामा समुदायस्तरमै को रोना फैलेन सक्ने भन्दै अब टोल टोलमै स्वाब संकलनका लागि पहल गर्ने निर्णय भएको छ । समुदायमा कोरोना फैलिन नदिनका लागि निषेधाज्ञालाई कडा पर्नुका साथै परीक्षण पनि फराकिलो बनाउने निर्णय भएको छ ।
समुदायमा फैलिनबाट रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्रयाक्ट ट्रे सिङ र टे स्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
आजबाट स्वास्थ्य मन्त्रालयको टिमसहित उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्रयाक ट्रे सिङ र टे स्टिङको कार्य सुरु भएको छ ।











