
काठमाडौं । कोरोनाबाट नेपाली कांग्रेसका एकजना नेताको निधन भएको छ । निधन हुनेमा काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जित रहेका छन् ।
करिब ६० वर्षीय नेता रञ्जितको आज दिउँसो सवा १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई एक साताअगाडि कोरोना पुष्टि भएको कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले बताए । उनका अनुसार रञ्जितका परिवारका सदस्यलाई कोरोना देखिएको छ।











