काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्न सिफारिस


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीचको बैठकले उपत्यकमा एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता रहेको बैठकमा पछिल्लो समय उपत्यमा को रोना सं क्रमितको अवस्थाका बारेमा पनि छलफल भएको छ ।

उपत्यकामा को रोना सं क्रमितको संख्या बढीरहेकाले निषेधाज्ञा थप गर्ने विषयमा मेयरहरु सहमत भएका छन् । उनीहरुले माथिको आदेश पर्खिरहेको बताएका छन् ।

यसअघि भदौ ३ गतेरातिबाट लागु हुनेगरी सुरु गरिएको एक साता निषेधाज्ञा भोली सकिदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार