
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यसअधि भदौ ३ गतेबाट एक साताका लागि निषेधाज्ञा गरिएको थियो ।











