
काठमाडौं । नेपाली कांग्रेसले मंगलादेवी सिंहको स्मृति दिवस मनाउदै छ । कांग्रेसले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवस भर्तुअल अन्तरक्रिया गरेर मनाउन लागेको हो ।
महिला संघको आयोजनामा ‘वर्तमान अवस्थामा महिलाका चुनौतीहरू र नेपाली कांग्रेसको विधान’ विषयमा भर्चुअल अन्तर्क्रियाको आयोजना गर्न लागिएको छ ।
अहिले १२ बजेबाट सुरु हुन लागेको अन्तरक्रियामा प्रमुख वक्ता पूर्वमहामन्त्री प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, महिला विभाग प्रमुख ईश्वरी न्यौपाने र आदिवासी जनजाति विभाग प्रमुख सीता गुरूङ रहेका छन् ।










