
काठमाडौं । नेपाली काँग्रेसले झापामा सशस्त्र प्रहरीको गो ली लागेर मृ त्यु भएको विषयमा छनबिन गर्न माग गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत् प्रधानमन्त्री केपी ओलीसँग छानबिन गर्न माग गरेका हुन् ।
उनले ट्वीटमामा लेखेका छन् ‘घ टनाको पृष्ठभूमि सुसंस्कृत छैन। तर, गो ली चल्नु र चलाउनुपर्ने स्थितिको तर्कमा नपुग्न पूर्व सजगता नराख्दा गम्भीर क्षति भएको छ ।’
काँग्रेस प्रवक्ताले यो विषयमा गहिरो छानबिन गर्नु पर्ने माग गरेका छन् । अहिले सामाजिक सञ्चालमा पनि यसको चर्को वि रोध भइहेको छ ।
झापाको झापा गाउँपालिकामा गोरु काटेको विषयमा वि वाद हुँदा बुधबार साँझ सशस्त्र प्रहरीकोे गो ली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृ त्यु भएको छ ।








