प्रधानमन्त्रीको निवास कुर्दै आएका बाँस्कोटा गए आफ्नै घर


काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छाडेका छन् । २०७४ साल देखि ओलीको निवासमा बस्दै आएका बाँस्कोटाले उनको निवास छोडेका हुन् ।

उनी मन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीको निवासमा बस्दै आएका थिए ।  सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले गत फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनी ओली  निवासमा बस्दै आएका थिए ।

उनले लोकन्थलीमा रहेको आफ्नो घरलाई पुननिर्माण गरेपछि भदौं ४ गतेबाट आफ्नै घरमा सरेको बताएका छन् । उनले मन्त्रीबनेपछि पुल्चोकको क्वाटरमा खाली नभएकाले प्रधानमन्त्रीको निवासमा बसेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार