भक्तपुर र चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । भक्तपुर र चितवनमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ गठ्ठाघरकी ६४ वर्षीया महिला र चितवनमा हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएकी भक्तपुरकी महिलाको परीक्षण गर्दा कोरोना देखिएको हो । त्यस्तै भदौ ७ गते कोरोना पोजेटिभ देखिएकी हटौडाकी ति महिलाको आईसीयूमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार