
धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बिएको छ । भोली मध्यराती सकिन लागेको निषेधाज्ञालाई पाँच दिन थपेर भदौं १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
जिल्लामा कोरोना जोखिम र संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा लम्ब्याइएको प्रजिअ बोहराले बताए । शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो । सोहि आधारमा निषेधाज्ञा लम्ब्याइएको हो ।












