
कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ज्यान गुमाएको विषयमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले अनुसन्धान सुरु गरेको छ । उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु भएको विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो ।
निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।
उनीहरुले ज्वरोबाट ज्यान गुमाएका परिवार र बिरामीको रगतको नमूना संकलन गरी काठमाडौं पठाइसकेका छन् । महाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भइसकेको छ भने अरु धेरै बिरामी छन् ।












