पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन ।
पोखरामा पत्रकारहरुसंग कुरा गर्दै नेता श्रेष्ठले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए ।
शिर्ष नेताहरु अहिले पार्टीको साङ्गठनिक एकिकरणका बाँकी काममा ब्यस्त रहेको र संगसंगै पार्टीलाई अझै सशक्त बनाउने तर्फ छलफल जारि रहेको उनको भनाई थियो । पार्टी प्रवक्ता समेत रहेका नेता श्रेष्ठले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी छलफल सकिएको समेत जानकारी दिए ।
कम्युनिष्ट सरकार जनभावना र जनअपेक्षा अनुरुप काम गर्न सकिरहेको गुनासोलाई स्विकार्दै सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल जिकिर गरे ।