कोरोनाबाट पूर्वन्यायाधीस चालिसेको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल ह्दयरोग केन्द्रमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको गंगलालमै कोरोना पुष्टि भएको थियो । ७० वर्षीय चालिसे मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार